८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वाधार विकास कार्यालयद्वारा सडक र पुल निर्माण

अ+ अ-

म्याग्दी ।  पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीमा १२ किलोमिटर पक्की सडक निर्माण गरेको छ । सो कार्यालयमार्फत क्रमागत, नयाँ बहुवर्षीय र सालबसालीसहित ८० भन्दाबढी योजना कार्यान्वयन भएका छन् । 

कार्यालयले आठ किलोमिटर सडक कालोपत्र गर्नुका साथै चार किमी सडक ढलान गरेको कार्यालय प्रमुख विष्णुप्रसाद पौडेलले बताए । यस क्रममा दुई मोटरेबल पुल, एउटा झोलुङ्गे पुल तथा ३१ वटा कल्भर्ट निर्माण गरिएका छन् । बाह्र किमी सडक ग्राभेलसमेत गरिएको छ । 

अधुरै रहेका पुराना बहुवर्षीय क्रमागत योजनालाई लयमा फर्काउनुका साथै सात  रणनीतिक महत्वका सडक स्तरोन्नति र थप दुई ठाउँमा मोटरेबल पुल निर्माण गर्न बहुवर्षीय योजना कार्यान्वयन भएको प्रमुख पौडेलले बताए । आर्थिक वर्ष २०८०/८१ मा रु ६९ करोड ३२ लाख पुँजीगत बजेट रहेको सो कार्यालयले रु ५१ करोड ९६ लाख ७६ हजार खर्च गरेको छ । 

लेखा शाखाका प्रमुख त्रिविक्रम शर्माका अनुसार गलेश्वर–पिप्ले–भगवती–बेग सडकको पिप्ले–भगवती खण्डमा पाँच किमी कालोपत्र तथा केही ठाउँमा सडक ढलान र ग्राभेल गरिएको छ । 

मालिका गाउँपालिकाको वडा नं १ र मङ्गलाको वडा नं ५ लाई मालिकाको केन्द्र दरबाङ बजारसँग जोड्न छ्यारछ्यारेस्थित म्याग्दी नदीमा ४० मिटर लामो मोटरेबल पुल निर्माण भएको छ । बेनी–दरबाङ–बिम–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत मालिका गाउँपालिका–७ र धवलागिरि गाउँपालिका–७ को सिमाना भएर बग्ने म्याग्दी नदीमा ४० मिटर लामो मोटरेबल पुल निर्माण गरिएको छ ।  

बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमाना अर्जेखोलामा २५ मिटर मोटरेबल पुल निर्माणको क्रममा छ । मालिका गाउँपालिका–३ र ४ को सिमाना अधिभारामा २५ मिटर लामो मोटरेबल पुल निर्माण गर्ने कार्य भइरहेको छ । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी र वडा नं ५ पाउद्वार तातोपानी जोड्ने कालीगण्डकी नदीमाथि एक सय २६ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस