१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लक्ष्यभन्दा कम राजस्व सङ्कलन

अ+ अ-

गोलबजार (सिरहा) । आन्तरिक राजस्व कार्यालय सिरहाले आर्थिक वर्ष २०८०/८१ मा रु एक अर्ब ८६ करोड ९८ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले राजस्व सङ्कलनको वार्षिक लक्ष्य रु दुई अर्ब २८ करोड ८३ लाख ३५ हजार पाएको थियो । तर कार्यालयले लक्ष्यभन्दा १९ दशमलव ३१ प्रतिशत कम राजस्व सङ्कलन गरेको छ ।

आन्तरिक राजस्व कार्यालयले आयकरबाट रु ५७ करोड ६३ लाख ३४ हजार, भाडा आयकरबाट रु एक करोड ९७ लाख ९३ हजार, ब्याजबापत रु एक करोड ४६ लाख ९४ हजार, मूल्य अभिवृद्धि करबापत रु ३८ करोड ७१ लाख ९० हजार तथा अन्तःशुल्कबापत रु ८७ करोड चार लाख ५४ हजार, स्वास्थ्य क्षेत्रबाट रु चार लाख आठ हजार, शिक्षा क्षेत्रबाट रु दुई लाख १६ हजार तथा अन्य क्षेत्रबाट रु सात लाख ९० हजार राजस्व सङ्कलन गरेको आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख कर अधिकृत पुण्यप्रसाद रिजालले जानकारी दिए। 

कार्यालयले आव २०७९/८० मा रु एक अर्ब ८२ करोड ३३ लाख ६७ हजार राजस्व सङ्कलन गरेको थियो । गत आवमा कार्यालयको रु दुई अर्ब २३ करोड ४३ लाख ५८ हजार राजस्व उठाउने लक्ष्य थियो । तर ८१ दशमलव ६१ प्रतिशत मात्र राजस्व सङ्कलन गरिएको थियो । उनले भने, “देशभर व्यापार व्यवसायमा गिरावट, व्यापार बन्दलगायत कारणले राजस्व सङ्कलनमा कमी आएको हो । जिल्लामा विकास निर्माणका आयोजनामा चालु आवमा कम भुक्तानी हुँदा मूल्य अभिवृद्धिकरबापत हुने आम्दानी समेत घटेको छ ।” 

गत आवमा मूल्य अभिवृद्धिकरबापत रु ४२ करोड ३५ लाख ५८ हजार राजस्व सङ्कलन भएको थियो भने आव २०८०/८१ मा रु ३८ करोड ७१ लाख ९० हजार सङ्कलन भएको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ का लागि रु दुई अर्ब २८ करोड ८३ लाख ३५ हजार राजस्व सङ्कलनको वार्षिक लक्ष्य पाएको प्रमुख कर अधिकृत रिजालले बताए । 

प्रतिक्रिया दिनुहोस