काठमाडौँ । नेकपा एमालेले भोलि (आइतबार) बस्ने प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको छ ।
भोलिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएकोले एमालेले आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
चौथो पटक प्रधानमन्त्री बनेका ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्। काँग्रेस एमालेसहित ४ दलको नयाँ सरकार गठन भएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।