८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीले नहर बगाउँदा विद्युत् सेवा अवरुद्ध

अ+ अ-

गुल्मी । बाढीले विद्युत् परियोजनाको नहर बगाउँदा दुई सातादेखि गुल्मीको मुसिकोट क्षेत्रका नागरिक अन्धकारमा बस्न बाध्य बनेका छन् । गत असार २३ गते आएको बाढीले मुसिकोट नगरपालिका-८ स्थित कोप्चामा रहेको लघुजलविद्युत् परियोजनाको बाँध बगाइदिएपछि त्यस क्षेत्रका नागरिक विद्युत् सेवाबाट वञ्चित भएका हुन । 

स्थानीय दरम खोलाले ८० मिटरभन्दा लामो बाँध बगाइदिएपछि त्यस क्षेत्रका एक हजार छ सयभन्दाबढी घरधुरी प्रत्यक्ष रूपमा प्रभावित बनेको मुसिकोट नगरपालिका प्रमुख जीवलाल खरेलले जानकारी दिएका छन् । 

बाढीले बगाएको बाँध मर्मत गर्न लामो समय लाग्ने भएका कारण विद्युत् प्राधिकरणसँग समन्वय गरेर केन्द्रिय प्रसारणको लाइन जोडनका लागि पहल गरिरहेको नगर प्रमुख खरेलले बताए । 

यसका लागि नगरपालिकाले प्राविधिक पठाएर लागत मूल्याङ्कन गर्न सुरु गरेको उनको भनाइ छ । बाढीका कारण परोपकार बहुउद्देश्यीय सहकारी संस्थाबाट सञ्चालित लघु जलविद्युत् र दरमखोला लघु जलविद्युत्को नहर बगाएको परोपकार बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक भुवन काफ्लेले बताए । 

नहर बगाएपछि विद्युत् सेवा अवरुद्ध हुँदा मुसिकोट नगरपालिका, बाग्लुङ्को बढिगाड गाउँपालिका र गल्कोट नगरपालिकासहित त्यस क्षेत्रका आठ हजार भन्दा बढी उपभोक्ता विद्युत् उपभोग गर्नबाट वञ्चित बनेको बताइएको छ ।

 उक्त क्षेत्रमा परोपकार लघुजलविद्युत्बाट एक सय ३५ किलोवाट र दरमखोला लघु जलविद्युत्बाट ५० किलोवाट विद्युत् उत्पादन हुँदै आएको थियो । खोलामा पानीको बहाव धेरै भएका कारण वर्षा नरोकिएसम्म नहर मर्मत गर्न समस्या परेको बताइएको छ । स्थानीयले उपभोग गर्दै आएको विद्युत् सेवा बन्द भएपछि त्यस क्षेत्रका नागरिकलाई मोबाइल चार्ज गर्नेदेखि अन्य सञ्चार र उद्योग उपकरण सञ्चालनमा थप समस्या उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस