काठमाडौँ । नेपाल न्याय सेवातर्फका सचिव तोयानाथ अधिकारीको बिदाइ गरिएको छ । सचिव अधिकारीले पाँच महिना अघि नै राजीनामा दिएपछि आज बिदाइ गरिएको हो ।
अधिकारी अहिले नेपाल कानून आयोगको सचिवको जिम्मेवारीमा थिए । उनको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृति गरेपछि आइतबार नै कानून आयोगले अधिकारीलाई औपचारिक कार्यक्रमकाबीच बिदाइ समेत गरेको आयोगले जनाएको छ ।