काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रंकलाइन विवादमा काटिएका लाइन जोडिने बताएका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खड्काले व्यवसायीहरूले तिर्नुपर्ने रकम तिर्ने वातावरण बनाउनका लागि पनि डेडिकेटेड र ट्रंकलाइन विवादमा काटिएका लाइन जोडिने बताएका हुन् । उनले व्यवसायीहरूबाट उठ्न बाँकी रकमको निक्र्यौल हुन बाँकी रहेको जिकिर गरे ।
उनले यस विषयमा निरन्तर बैठक बसिरहेको भन्दै छिटै आवश्यक निष्कर्ष निस्कने दाबी गरे ।