३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद महतोले घुस दिएको भनिएका कर्मचारीलाई जिम्मेवारीबाट हटाइयो

अ+ अ-

काठमाडौँ । सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रले समकक्षता शाखामा कार्यरत कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ।

सर्टिफिकेट इक्युभ्यालेन्ट गर्दा बिचौलिया प्रयोग गरेर घुस लिएको प्रश्न उठेपछि केन्द्रले सो शाखामा कार्यरत एक अधिकृतलाई छानबिन नसकिँदासम्म जिम्मेवारीबाट हटाएको हो।

केन्द्रका निर्देशक तथा सूचना अधिकारी बासुदेव वस्तीका अनुसार आशंकाका आधारमा कर्मचारीलाई जिम्मेवारीबाट हटाइएको हो। ‘संसदमा उठाएको प्रश्न आफैँमा गम्भीर छ। हामीले सोधपुछ र छानबिन गरिरहेका छौँ, आशंकामा एक कर्मचारीलाई हटाएका छौँ,’ उनले भने, ‘तर सेवाग्राहीले उठाएका केही सवालहरू हाम्रो सिस्टम हेर्दा मिलेको देखिँदैन।’

उनले सेवाग्राहीले ३ बजेसम्म पनि काम नभएको भन्ने कुरा झुटो रहेकोसमेत दाबी गरेका छन्। सोमबार आफूहरूले सिस्टममा हेर्दा ती सेवाग्राहीले बिहीबार दिउँसो ३ः२४ मा कक्षा १० र १२ को इक्युभ्यालेन्ट लिएको देखिएको छ। तर, पैसा कसलाई दिए भन्ने कुरा खुलेको छैन। कर्मचारीले अप्रत्यक्ष रूपमा घुस खाएको हुन सक्ने आशंका भने गरिएको छ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो घटनामा छानबिनका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। सोमबार मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक सातामा छानबिन टुङ्ग्याउने गरी समिति गठन गरेको हो।

जनता समाजवादीका सांसद तथा पूर्वमन्त्री डा. वीरेन्द्र महतोले आइतबार प्रतिनिधि सभामा बोल्दै आफ्नो छोराको सर्टिफिकेट इक्युभ्यालेन्ट गर्दा पाँच हजार घुस खुवाउनुपरेको बताएका थिए।

त्यसलगत्तै, शिक्षा मन्त्रालयले छानबिन समिति गठन गरेको हो भने केन्द्रले कर्मचारीलाई जिम्मेवारीबाट हटाएको हो।

प्रतिक्रिया दिनुहोस