१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक वर्षमा २३ अर्ब ४४ करोड रुपैयाँको फलफूल आयात

अ+ अ-

काठमाडौँ । आर्थिक वर्ष २०८०/०८१ मा नेपालले २३ अर्ब ४४ करोड रुपैयाँको फलफूल आयात गरेको छ । भन्सार विभागका अनुसार सो रकम बराबरको २ लाख ९६ हजार मेट्रिक टन फलफूल नेपालमा आयात भएको हो । 

एक वर्षमा फलफूलको कारोबारबाट सरकारले ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।  

यस्तै नेपालबाट भने ३ करोड रुपैयाँको मात्रै फलफूल निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । नेपालले वार्षिक फलफूलको कारोबारबाट २३ अर्ब ४१ करोड घाटा बेहोरेको छ ।

अधिकांश फलफूल भारतबाटै आयात भएको भन्सार विभाग तथ्यांकमा छ । एक वर्षमा भारतबाट २ लाख मेट्रिक टन  फलफूल आयात भएको छ । सो बापत १२ अर्ब ३४ करोड रुपैयाँ खर्च भएको भन्सार विभागको तथ्यांक छ । यस्तै, ११ अर्ब ७ करोड रुपैयाँको चीन, अष्ट्रेलिया, अमेरिकालगायतका मुलुकबाट फलफूल आयात भएको हो ।

नेपालीले विदेशबाट आयातित राष्ट्रिय फल ‘सुन्तला’ एक वर्षमा २० हजार मेट्रिक टन उपभोग गरेका छन् । भन्सार विभागका अनुसार नेपालीले १ अर्ब ४४ करोड रुपैयाँ बराबरको २० हजार मेट्रिक टन विदेशबाट आयातित राष्ट्रिय फल ‘सुन्तला’ खाएका हुन् ।

प्रतिक्रिया दिनुहोस