११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिपक्ष सानो छ भनेर सत्तापक्षले हेप्न थाल्यो : सुदन किराँती

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले सरकारले प्रतिपक्षमा साना दलहरू छन् भनेर हेप्न थालेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले प्रतिपक्ष सानो छ भनेर सत्तापक्षले ठूलो स्वर गर्न थालेको बताए ।

‘यो देश तीन करोड नेपालीको हो, यो देश हाम्रो पनि हो । प्रतिपक्षहरू सानो छ भनेर अलिकति ठूलो स्वरले हेप्न थालिएको छ । तर, लोकतन्त्रमा आकारले होइन सभामुख महोदय, मुद्दाले स्थान लिन्छ’, उनले भने ।

नक्कली भुटानी शरणार्थी प्रकरण र गिरिबन्धु टि-इस्टेट लगायतका विषयमा अनुसन्धान अगाडि बढाउन खोज्दा सरकार फेरिएको उनको टिप्पणी छ । मौद्रिक नीति रोकिएको विषयले सरकारले सही गति लिन नसकेको पुष्टि हुने सांसद किरातीले बताए ।

२०४६ सालपछि काँग्रेस र एमालेले संसदीय राजनीतिलाई विकृत गराएका कारण माओवादी सहितका नयाँ दलहरू जन्मन पुगेको उनले बताए । पालैपालो संसद् विघटन गरेर राजनीतिलाई अस्थिर बनाउने काम काँग्रेस र एमालेले नै बनाएको किराँतीको भनाइ छ । संसद् अवरोधमा रेकर्डमाथि रेकर्ड राख्ने काम भएको सम्झिए ।

ओम्नी, यति, प्रिन्टिङ प्रेस लगायतका विषय पश्न उठेको तर, छानबिन नभएको बताए । अघिल्लो सरकारले अगाडि बढाएका भ्रष्टाचारसँग सम्बन्धित विषयहरू पुनः छानबिन र अनुसन्धानमा अगाडि बढ्छ कि बढ्दैन भन्ने प्रश्न आम मानिसमा रहेको पनि उनले बताए ।

सांसद किरातीले विगतमा वामपन्थी अगुवाहरुहरुले गाउँमा सुनाउने गरेको गीत स्मरण गरे । ‘वामपन्थी अगुवाहरुहरुले गाउँमा आएर गीत गनुहुन्थ्यो-देखेको त जालैले छेकेको, छेके पनि छर्लङ्गै देखेको हेर गाउँले हो’, उनले भने ।

यो गीत सम्झिँदै उनले दुई ठूला दल काँग्रेस र एमालेबीच भएको सत्ता सहयात्राबारे प्रश्न गरे । ‘असार १५ गते मध्य वर्षामा बाहिर प्रकृतिमा मनसुन सक्रिय थियो । भित्रभित्र ठूलो दलहरू सत्ता परिवर्तनको निम्ति त्यो भन्दा पनि बढी सक्रिय भइरहेको रहेछ’, किरातीले भने ।

प्रतिक्रिया दिनुहोस