काठमाडौँ । संसदीय सुनुवाइ समितिका सदस्यहरूमा हेरफेर भएको छ ।
नेपाली काँग्रेसका सांसद रमेश लेखक सुनुवाइ समिति सदस्य थिए । उनी गृह मन्त्री भएपछि उनको ठाउँमा काँग्रेसले श्यामकुमार घिमिरेलेलाई समितिमा लगेको छ ।
घिमिरे प्रतिनिधि सभामा काँग्रेस संसदीय दलका प्रमुख सचेतकको जिम्मेवारीमा छन् ।