१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’ र रवि राज्य व्यवस्था तथा सुशासन समिति सदस्यमा मनोनीत

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ राज्य व्यवस्था तथा सुशासन समितिको सदस्यमा मनोनीत भएका छन् ।

माओवादी अध्यक्ष ‘प्रचण्ड’ प्रधानमन्त्री पदबाट हटेसँगै प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सदस्यमा मनोनीत भएका हुन् ।

यस्तै अर्को प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता रवि लामिछाने पनि राज्य व्यवस्था तथा सुशासन समितिमा फर्किएका छन् । यसअघि उक्त समितिमै रहेका लामिछाने उपप्रधान एवम् गृहमन्त्री बनेपछि समितिबाट स्वतः हटेका थिए । त्यसपछि रास्वपाको तर्फबाट हरि ढकाल उक्त समितिको सदस्य बनेका थिए । लामिछाने समितिको सदस्यमा मनोनीत भएसँगै यस ढकाल सार्वजनिक लेखा समिति पुगेका छन् ।

यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको सदस्यमा नेपाली काँग्रेसका सांसद पूर्णबहादुर खड्का, एमाले सांसद राजेन्द्रकुमार राई पनि मनोनीत भएका छन् ।

सभामुख देवराज घिमिरेले घोषणा गरेअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सदस्यमा माओवादी सांसद हितबहादुर तामाङ, एमाले सांसद हरिप्रसाद उप्रेती मनोनीत भएका छन् । अर्थ समितिमा माओवादी सांसद वर्षमान पुन, एमाले सांसद पदम गिरी, भगवती चौधरी र रास्वपाका सांसद विराजभक्त श्रेष्ठ मनोनीत भएका छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सदस्यमा रास्वपाका डोलप्रसाद अर्याल र एमाले सांसद रघुवीर महासेठ मनोनीत भएका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा माओवादी सांसद रेखा शर्मा र रास्वपाका सांसद सुमना श्रेष्ठ मनोनीत भएका छन् । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सदस्यमा एमाले सांसद ज्वालाकुमारी साह र शिक्षा समितिबाट कृषि समितिमा मीना यादवको हेरफेर गरिएको छ ।

यस्तै पूर्वाधार विकास समितिमा माओवादी सांसद शक्तिबहादुर बस्नेत मनोनीत भएका छन् । संघीय संसद्को संसदीय सुनुवाइ संयुक्त समितिका सदस्य रमेश लेखक गृहमन्त्री भएसँगै उनको ठाउँमा कांग्रसका सांसद श्यामकुमार घिमिरे मनोनीत भएका छन् । रास्वपाका सांसद स्वर्णिम वाग्लेको सट्टा डोलप्रसाद अर्याल उक्त समितिमा मनोनीत भएका छन् ।

प्रतिक्रिया दिनुहोस