काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ मा ७ लाख ४१ हजार नेपालीहरू वैदेशिक रोजगारीमा गएका छन् । त्यसमध्ये म्यानपावर एजेन्सीमार्फत नयाँ संस्थागत श्रम स्वीकृति लिएर जानेको सङ्ख्या ३ लाख ५३ हजार १६३ रहेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार गत वर्ष २३ वटा म्यानपावर कम्पनीहरूले २ हजार जनासम्म श्रमिकहरू वैदेशिक रोजगारीमा पठाएका छन् ।
सबैभन्दा बढी श्रमिक पठाउनेको सूचीमा निलकमल ह्युमन रिसोर्स रह्यो, जसले ७ हजार २०८जना श्रमिक वैदेशिक रोजगारीमा पठाएको थियो ।
दोस्रो स्थानमा रहेको एसओएस म्यानपावर ओभसिजले ५ हजार ७४६ जना, एयर किंग्स प्लेसमेन्ट ४ हजार १४ जना, प्याराडाइज इन्टरनेसनलले ३ हजार ९८५ जना र साउन्डलाइन्स रिक्वायरमेन्टले ३ हजार ८३२जना श्रमिक पठाएको थियो ।
यसैगरी दि रिभर ओभरसिजले ३ हजार ७३४ जना, इन्टरनेसनल म्यानपावर रिक्वयारमेन्टले ३ हजार ५७९ जना, सोपोर्ट ह्युमन रिसोर्सले ३ हजार ५०९ जना, एड्भान्स्ड म्यानेजमेन्ट सर्भिसेजले २ हजार ९८६ जना, इम्पावार ह्युमन म्यानेजमेन्ट सर्भिसेज २ हजार ७६९ जना, आकर्षण इन्टरनेसनलले र लिंक इन्टरनेसनल प्लेसमेन्टले पनि समान २ हजार ७०६ जना, सान नेपालले २ हजार ५६६ जना, मास ह्युमन रिसोर्सले २ हजार ५१७ जना, एसपीएम ओभरसिजले २ हजार ४७३ जना र अञ्जली ओभर सिजले २ हजार २६५ जना श्रमिक विदेश पठाएको छ ।
यसैगरी अल स्किल्स इन्टरनेसनल ह्युमन रिर्सोसले २ हजार १७६ जना, जबसिकर म्यानपावरले २ हजार १६५ जना, बेस्ट रिक्रुटमेन्ट सर्भिसले २ हजार १६४ जना, अक्सोर्ड इन्टरनेसनलले २ हजार ४०८ जना र नाइस रिक्रुटमेन्ट एजेन्सीले २ हजार ९८ जना श्रमिक विदेश पठाएको छ ।
ग्रेस ओरभसिजले २ हजार ३१ जना र अलजरा ह्युमन रिसोर्स कन्सल्टेन्सी २ हजार जना श्रमिक विदेश पठाएको तथ्यांक छ ।