काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा ‘घूस दिएँ’ भन्ने पूर्वमन्त्री एवं सांसद वीरेन्द्रप्रसाद महतोलाई कारबाही गर्न माग गर्दै प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ।
पूर्ववनमन्त्री समेत रहेका महतोले गत साउन ६ गते प्रतिनिधि सभाको रोस्टमबाट बोल्दै छोराको समकक्षता लिनका लागि आफूले ५ हजार घुस दिएको र घुस दिएपछि काम बनेको बताएका थिए।
छोराको समकक्षता पत्र लिँदा शिक्षा मन्त्रालयअन्तर्गतको सानोठिमीस्थित कार्यालयलाई पाँच हजार रुपैयाँ घुस दिएको बताएका जनता समाजवादी पार्टी (जसपा) का नेता महतोलाई कारबाही गर्न माग गर्दै उजुरी परेको हो।
