काठमाडौँ । विमान दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल जाँदैछन्। केही बेरमा प्रधानमन्त्री ओली दुर्घटनास्थल जान लागेको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले दुर्घटनाबारे जानकारी लिन नागरिक उड्डयन प्राधिकरणका सम्बन्धित अधिकारीलाई पनि बोलाइएको छ ।
काठमाडौँबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो। त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको हो ।