९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हैजाबाट बच्न, पानी र खानेपानीको शुद्धतामा ख्याल गर्न आग्रह 

अ+ अ-

काठमाडौँ । पानीजन्य रोगबाट बच्न वातावरणीय स्वच्छता र सरसफाइमा ध्यान दिन काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ । 

बर्खा याममा खाने पानीसँग दूषित पानी मिसिन सक्ने सम्भावना छ । पानीकै कारण खानेकुरा दूषित हुने उत्तिकै सम्भावना छ । यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम भएकोले पिउने पानी र खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको हो । 

हैजा र यसले ल्याउन सक्ने जनस्वास्थ्य तथा वातावरणीय जोखिम घटाउन वडास्तरीय छलफल र तालिम सुरु भएका छन् । यस क्रममा वडा नं. ११ ले सामाजिक अगुवा, विद्यालयका शिक्षक शिक्षिका, टोल सुधार समिति तथा उपभोक्ता समिति, क्लवसहितका संस्थाबाट प्रतिनिधि बोलाएर हैजा नियन्त्रणका लागि तालिम सञ्चालन गरेको छ । 

जनस्वास्थ्य तथा वातावरण संस्था (इन्फो) सँगको सहकार्यमा सञ्चालन गरिएको तालिममा पानीका स्रोत दूषित हुने कारण, दूषित बस्तुसँग मानिसहरुका सम्बन्ध र स्वच्छताका विषयमा प्रस्तुतिकरण र छलफल गरिएको थियो । तालिममा वडाका कार्यवाहक अध्यक्ष दिपेश राउतले, गएको वर्षहरूमा व्यहोरेको समस्या यो वर्ष व्यहोर्नु नपरोस् भनेर तालिम आयोजना गरिएको बताए । 

यस्तै वडा सदस्य सरोज मुल्मीले, आवश्यकताका आधारमा हैजाजन्य विपद व्यवस्थापनको तयारी गरिएको जानकारी दिए । यस्तै वडा सदस्य आशा श्रेष्ठ रौनियारले, शंका लागेको पानी जाँच गर्ने प्रणाली वडास्तरमा उपलब्ध गराउन प्रयास हुने बताए ।

वरिष्ठ जनस्वास्थ्य अधिकृत नली बज्राचार्यका अनुसार अहिलेसम्म हैजाका बिरामी भेटिएको छैन । गएको वर्ष भने विभिन्न ठाउँमा बिरामी भेटिएका थिए । हैजाका विषयमा बारम्बार आउने प्रश्नका बारेमा जानकारी दिँदै बज्राचार्य भन्छन्, ‘पानी कसरी शुद्ध गर्ने?, ब्लिचिङ् पाउडरले पानी शुद्ध हुन्छ?, पानी शुद्ध गर्ने औषधिले स्वास्थ्यमा नकारात्मक असर गर्छ कि गर्दैन? पानी जाँच कहाँ गर्ने? हैजाका लक्षण के हुन्? प्राथमिक उपचार के गर्ने?, घरमै केही औषधि छ कि? भनेर प्रश्न आउँछन् ।’

यी सबै प्रश्नको एउटै सरल उत्तर भनेको, पानी तताएर शुद्धीकरण गर्नु हो । उहाँको जवाफ छ । लक्षण तथा उपचारका विषयमा जानकारी लिनु परे महानगरले सञ्चालन गरेको ११८० नम्बरमा फोन गरेर परामर्श लिन सकिने व्यवस्था मिलाएको छ । 

महानगरपालिकाले गर्ने प्रयत्नसँगै स्थानीयहरूले हैजा रोकथामका लागि सचेत हुन सके मात्र जोखिम न्यूनीकरण हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस