८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल एडिपिसीको उपाध्यक्षमा मनोनयन, सब–सेन्टर खोल्ने गृह सचिव अर्यालको प्रस्तावमा वृहत छलफल

अ+ अ-

काठमाडौँ । एसियन डिजास्टर प्रिपियर्डनेश सेन्टर (एडिपिसी)को पाँचौँ बोर्ड बैठकमा नेपालको विपद् व्यवस्थापनका विषयमा वृहत छलफल भएको छ ।

थाइल्यान्डको बैंककमा भएको बैठकमा नेपालको तर्फबाट गृह सचिव एकनारायण अर्यालले नेपालमा एडिसिसीको सब–सेन्टर खोल्ने र विपद् व्यवस्थापनमा सहकार्य गर्ने विषयमा राखेको प्रस्तावमा वृहत छलफल भएको हो । बैठकको पहिलो दिन बिहीबार गृह सचिव अर्यालले नेपालमा प्रकोप न्यूनीकरण, व्यवस्थापन र प्रकोप पूर्वको तयारीका लागि सब– सेन्टर खोल्ने विषयलाई उच्च प्राथमिकता दिएका थिए ।

गृह सचिव अर्यालले राखेको प्रस्तावमा सहभागी अन्य राष्ट्रहरू सकारात्मक देखिएका छन् । बैठकबाट नेपाल एडिपिसीको भाइस चेयर (उपाध्यक्ष)मा मनोनयन भएको छ । अहिले एडिपिसीको अध्यक्षमा भारत रहेको छ । नियम अनुसार सन् २०२५ मा अहिलेको उपाध्यक्षलाई स्वतः अध्यक्षता ग्रहण गर्ने बाटो खुलेको छ । यसबाट नेपाललाई विपद् व्यवस्थापनमा प्राविधिकलगायत विविध विषयमा सहयोग प्राप्त हुनेछ ।

नेपालमा एडिसिसीका धेरै योजनाहरू कार्यान्वयनमा छन् । अहिले ती योजनाहरू अन्य राष्ट्रसँगको सहकार्यमा छन् । जलवायु परिवर्तनबाट सिर्जित विपद्हरूको सामना गर्न आर्टिफिसियल इन्टेलिजेन्स जस्ता कुराको प्रयोगबाट अर्लि वानिर्ङ सिस्टमलाई प्रभावकारी बनाउन र विपद् व्यवस्थापनमा सरकार, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, तीनै तहका सरकारलगायतको संयुक्त पहलकदमीमा कसरी विपद् जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने कार्यक्रम सञ्चालन गर्न यसले सहयोग पुर्‍याउने छ । विपद् जोखिम न्यूनीकरणका लागि जुन प्रकारको नेपालले लगानी गर्नुपर्ने हो त्यो क्षमता नेपालसँग नभएको अवस्थामा आवश्यक सहयोग भित्राउनका लागि पनि यसले सहयोग गर्ने छ ।

कार्यक्रममा नेपाल, चीन, भारत, थाइल्यान्ड, फिलिपिन्स, पाकिस्तान, श्रीलंका, बंगलादेश, कम्बोडियाका प्रतिनिधिहरूको सहभागिता रहेको छ । एडिपिसीको प्रधान कार्यालय थाइल्यान्डको बैंककमा रहेको छ । एडिपीसीको कार्यक्षेत्रमा सङ्कटकालीन व्यवस्थापन, विपद् व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, क्षमता विकास, तालिम र जनशक्ति व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय र साझा सहकार्य तथा विभिन्न सहयोग आदान प्रदानका विषय रहेका छन् । बैठक शुक्रवारसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस