काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीसँग संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन(एफएओ) नेपाल प्रतिनिधि केन सिमिजु बीच शिष्टाचार भेट गरेका छन् ।
भेटमा एफएओद्वारा नेपालमा सञ्चालित कार्यक्रमहरूबारे छलफल भएको मन्त्रालयका सहसचिव बद्रीराज ढुङ्गानाले जानकारी दिए ।
सो क्रममा मन्त्री शाहीले नेपालमा एफओले पुर्याएको योगदानको कदर गर्दै आगामी दिनमा थप कृषि कार्यक्रमलाई प्रभावकारी बनाउन जोड दिएका छन् ।
एफओले विगत लामो समय देखि नेपाल सरकारसँगको समन्वय तथा सहकार्यमा कृषि उत्पादनमा वृद्धिसँगै भोकमरी न्यूनीकरण तथा जलवायु अनुकूलन लगायत कृषि क्षेत्रमा काम गरिरहेको छ ।