७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वनमन्त्री शाहीसँग भारतीय राजदूतको शिष्टाचार भेट

अ+ अ-

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार शिष्टाचार भेट गरेका छन् । 

मन्त्रालयमा शुक्रबार भएको सो भेटमा मन्त्री शाहीले नेपालमा पछिल्लो समय जलवायु परिवर्तनका कारण भएको क्षतिको जोखिम कम गर्न छिमेकी राष्ट्र भारतको सहयोगको अपेक्षा गरेको बताएको मन्त्रालयले जनाएको छ ।

मन्त्री शाहीले दोधारा चाँदनी क्षेत्रमा वातावरणले पार्ने असर न्यूनीकरणका साथै पिछडिएको हिमाली जिल्ला मुगुमा विद्यालय भवन निर्माण, रारा क्षेत्रको पर्यटन प्रवर्द्धन तथा मुगु डोल्फू छायाँनाथ धार्मिकस्थलको विकासमा भारतको सहयोगको अपेक्षा गरिएको बताएका थिए ।

राजदूत श्रीवास्तवले दोधारा चाँदनीमा सुरक्षा चौकी स्थापना गर्ने विषयमा दुई देशबीच पहिला नै मौखिक सहमति भएको बताउँदै यस कार्यको वातावरणीय अध्यायन भइरहेको जानकारी गराउनुभएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

राजदूत श्रीवास्तवले भारतीय सहयोगमा नेपालमा भौतिक पूर्वाधार निर्माण, क्षमता विकास तालिमलगायत सहयोगका कार्यक्रम हुँदै आएको स्मरण गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस