५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कमल थापाले भने-गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो

अ+ अ-

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भएको बताएका छन् । 

राप्रपा नेपाल भक्तपुर जिल्ला समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अब गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताको ढिला नगरी विकल्प खोज्ने बेला आएको बताएका हुन् । 

थापाले अहिलेको राज्य व्यवस्थाले मनपरीतन्त्र र लुटतन्त्रलाई प्रश्रय दिएको टिप्पणी गरे । व्यक्ती परिवर्तन गरेर समस्याको समाधान नहुने भन्दै उनले बाटो परिवर्तन गर्नुपर्नेमा जोड दिए । 

ड्राइभर फेरेर, बस परिवर्तन गरेर अहिलेको समस्या नहुने बाटो नै परिवर्तन गर्नुपर्ने भन्दै थापाले अहिले मुलुकमा चलिरहेको बेथिति र विकृतिको अन्त्य गर्न राप्रपा नेपालले अवलम्बन गरेको मार्गचित्र अनुसार मुलुकलाई अघि बढाउनु पर्ने जिकिर गरे । 

बेरोजगारी समस्या, धर्मपरिवर्तन, आर्थिक मन्दी, भ्रष्टाचारलगायतका समस्या समाधान नगरी मुलुकले सही गति लिन नसक्ने भन्दै थापाले विदेशी प्रभाव र दबाबले मुलुकको स्वाभिमान कमजोर भएको समेत बताए । पार्टी संगठनलाई बलियो बनाउन जनताको माझमा जानुपर्ने भन्दै उनले संगठन सुदृढीकरण अभियानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिए ।  

प्रशिक्षण कार्यक्रममा डाक्टर विष्णु भण्डारी र राजाराम बर्तौला ‘चुनेली’ ले समेत प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस