दैलेख। दैलेखमा पौडी खेल्न गएका दुई किशोरीको डुबेर मृत्यु भएको छ । जिल्लाको महावु गाउँपालिका-३ स्थित छामघाट खोलामा पौडी खेल्ने क्रममा उनीहरूको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिपेन्द्र मगरातीका अनुसार मृत्यु हुनेमा महाबु गाउँपालिका-३ अमार्सेकी अन्दाजी १४ वर्षीय भावना बुढा र अन्दाजी १६ वर्षीय सपनाकुमारी बुढा रहेका छन् ।
उनीहरू बाख्रा चराउन छामघाट खोला पुगेका थिए ।