७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पीडित परिवारजनलाई कम्पनीको तर्फबाट सहयोग हुन्छ : सौर्य एयरलाइन्स

अ+ अ-

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको तीन दिनपछि कम्पनीले विज्ञप्ति जारी गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै मृतकको परिवारमा गहिरो समवेदना प्रकट गर्दै कम्पनीले पीडित परिवारजनमा कम्पनीले गर्न सक्ने सहयोग समेत प्रदान गर्ने जनाएको छ ।

‘सौर्य एयरलाइन्स प्रालिको स्थापनाकाल देखि एउटै परिवारको रूपमा रही काम गर्दै आउनुभएका हाम्रा अनन्य मित्र एवम् सहयोगीहरूको मिति २०८१/०४/०९ गते अकल्पनीय जहाज दुर्घटनामा परि दिवंगत हुनुभएकोमा हामी अत्यन्त मर्माहत र भावविह्वल भएका छौँ । यस दुर्घटनामा परि ज्यान गुमाउनुहुने प्रतिष्ठित यति धेरै विज्ञहरूको क्षतिको कल्पना नै गर्न सकिन्न। यस कम्पनीले मात्रै होइन, परिवार, समाज र राष्ट्रले समेत होनहार विज्ञ व्यक्तित्व गुमाउनुपरेको यस दुःखद घडीमा शोकमा रहनुभएका सम्पूर्ण परिवार र आफन्तजनहरूमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी भगवानसँग प्रार्थना गर्दछौँ ।’

विज्ञप्तिमार्फत कम्पनीले भनेको छ, ‘साथै, पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुनसक्ने सम्मको सहयोग, साथ र सदभाव सधैँ रहने विश्वास दिलाउँछौ । सौर्य एयरलाइन्सको व्यावसायिक विकास र विश्वसनीयता आर्जनका लागि उहाँहरूले निष्ठापूर्वक पुर्‍याउनुभएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै यस संस्थाले सधैँ जीवन्त एवम् चिर स्मरणीय इतिहासको रूपमा संरक्षण गर्ने विश्वास व्यक्त गर्दछौ । साथै, यस दुर्घटनामा परि बाँच्न सफल हाम्रा अनन्य मित्र क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौ ।’

बुधबार पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा पाइलट मनीषरत्न शाक्य घाइते भएका थिए । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस