१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राविधिक सीप र क्षमता विकासका लागि ‘एनएफपिजे’ को तालिम 

अ+ अ-

भक्तपुर । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को आयोजनामा दुई दिने व्यक्तित्व विकास तथा ‘फ्ल्यासफोटोग्राफी’ तालिम सम्पन्न भएको छ ।

एनएफपिजे नेपालको केन्द्रीय समितिका १३ जना फोटो पत्रकारका लागि सो तालिमको आयोजना गरिएको हो । तालिमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष प्रदीपराज वन्तले प्राविधिक सीप र क्षमता विकासका लागि यस्ता कार्यक्रम अनिवार्य भएको बताए ।

अध्यक्ष वन्तले विभिन्न सञ्चार माध्यममा आबद्ध फोटो पत्रकारहरूलाई यस क्षेत्रमा आकर्षित गर्ने र नेपालमै बसेर फोटोपत्रकारितामार्फत विश्वलाई नेपालबारे जानकारी दिन सकिन्छ भन्ने विश्वास जगाउन तालिमले सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा नेपालभरका फोटो पत्रकारलाई यस्ता तालिम उपलब्ध गराउन एनएफपिजे नेपाल लागिपर्ने बताए ।

दुई दिने तालिममा नेपाल फोटोग्राफर महासङ्घका महासचिव डिगम्वर राजवंशीले क्यामेरामा प्रयोग हुने फ्ल्यास कसरी प्रयोग गर्ने र विश्वमा उपलब्ध फ्ल्यासबारे जानकारी गराए । 

त्यस्तै, व्यक्तित्व विकाससम्बन्धी अक्षार स्कुलका प्रमुख कार्यकारी  अधिकृत तथा ‘मोटिभेसनल स्पिकर’ राजेश शर्माले संस्थाको हकहित साथै कसरी फोटो पत्रकारको व्यक्ति विकास गर्न सकिन्छ भन्ने विषयमा प्रवचन दिए । उनले आत्मविश्वास बढाउने ‘पहिरन’ कसरी लगाउने, भोलिका दिनमा कसरी आफूलाई गुणस्तरीय फोटोपत्रकारितामा सहभागिता गराउने भन्नेमा तालिममा सहभागीलाई जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस