काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विभिन्न मन्त्रालयका सचिवहरूले ब्रिफिङ सुरु गरेका छन् ।
आइतबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओली र सचिवहरूबीच छलफल चलिरहेको हो ।
बैठकमा उपप्रधानमन्त्री, मन्त्री, प्रधानमन्त्रीमा मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सचिवहरू सहभागी रहेका छन् ।
सम्बन्धित समाचार : प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरूसँग ब्रिफिङ लिँदै, महत्त्वपूर्ण निर्देशन दिने