काठमाडौँ । निलम्बित मुख्य सचिव डा. बैकुण्ठ अर्याल विशेष अदालत उपस्थित भएका छन्। भ्रष्टाचार मुद्दामा बयान दिन उनी विशेष अदालत पुगेका हुन् । अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार उनको बयान भइरहेको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहितको इजलासमा बयान चलिरहेको छ। बयान सकिएपछि उनी आजै धरौटीमा छुट्ने छन्।
अर्यालमाथि अन्तःशुल्क स्टिकर छाप्न सुरक्षण मुद्रण केन्द्रलाई ठेक्का दिँदा भ्रष्टाचार गरेको मुद्दा दायर भएको थियो।