काठमाडौँ । निलम्बित मुख्य सचिव डा. बैकुण्ठ अर्यालको अन्तःशुल्क स्टिकरसम्बन्धी भ्रष्टाचार मुद्दामा बयान सकिएको छ।
आइतबार विशेष अदालतमा उपस्थित भएका अर्यालको बयान सकिएसँगै थुनछेक बयान सुरु भएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा अर्यालको बयान लिइएको थियो ।
बिहान ११ बजेदेखि सुरु भएको बयान केही समय अघि सकिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । उनको बयान सकिएकाले अव थुनछेक बहस सुरु भएको कार्कीको भनाइ छ।
तत्कालीन मुख्यसचिवसहित ११ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार ९ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।