८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से परिसूचक एक सय १३ अंकले बढ्यो

अ+ अ-

काठमाडौँ । आइतबार नेप्से परिसूचक एक सय १३ अंकले बढेको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक सय १३ दशमलव ४२ अंक अर्थात् चार दशमलव ४१ प्रतिशतले बढेर दुई हजार छ सय ८१ दशमलव ५६ को विन्दुमा कायम भएको छ ।

आज तीन सय १८ कम्पनीको चार करोड तीन लाख १४ हजार पाँच सय एक सय ७६ कित्ता शेयर एक लाख ६३ हजार आठ सय १० पटक खरिदबिक्री हुँदा रु। १५ अर्ब ८१ करोड पाँच लाख ९६ हजार दुई सय ३५ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा लघुवित्त समूह शून्य दशमलव १८ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै बैंकीङ समूह नौ दशमलव ८९ प्रतिशतले बढेको छ । त्यस्तै, लगानी समूह पाँच दशमलव ७५ र विकास बैंक समूह चार दशमलव ८७ प्रतिशतले बढेको छ ।

आज एक दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा अधिकांश वाणिज्य बैकं छन् । नेपाल इन्भेस्टमेन्ट मेघा बैंक, नेपाल एसबिआई बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड, एनएमबी बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, सिटिजन्स बैंक इन्टरनेसनल बैंक लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, एभरेस्ट बैंक लिमिटेड र नेपाल बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

उपकार लघुवित्त वित्तीय संस्था, हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको रु. ३६ करोड १० लाख बराबरको १७ लाख छ हजार पाँच सय ८२ कित्ता शेयर किनबेच भएको छ ।

आज नेप्से परिसूचकमा दुई पटक सकारात्मक सर्किट लागेको छ । आजको कारोबार सुरु भएको एक मिनेट ३१ सेकेन्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियो । 

त्यस्तै, दोस्रो पटक कारोबार सुरु भएको एक मिनेटभित्रै परिसूचक एक प्रतिशत विन्दुले बढेर पाँच प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस