८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गणपूरक संख्या नपुगेपछि संसद बैठक स्थगित

अ+ अ-

काठमाडौँ । गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको कार्यसूचीमा रहेको विषयमाथिको प्रक्रिया स्थगित हुन पुगेको छ ।

आइतबार प्रतिनिधि सभामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उक्त विधेयकमाथि सांसदहरुले सैद्धान्तिक छलफलमा भाग लिए । त्यसपछि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक संख्या पुगेन ।

सभामुख देवराज घिमिरेले विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले गणपूरक संख्या यकिन गर्न माग गरे । त्यसपछि तीन मिनेट घण्टी बजाएर गणना गर्दा प्रतिनिधि सभामा ६७ जना सांसद मात्रै उपस्थिति रहेको थाहा लाग्यो ।

२७५ सदस्यीय प्रतिनिधि सभामा कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न एक चौथाइ सांसद ६९ जना उपस्थित हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

६७ जना मात्रै उपस्थित रहेको यकिन भएपछि सभामुख घिमिरेले विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ पेस गर्ने विषयलाई कार्यसूचीबाटै हटाइदिए ।

प्रतिनिधि सभाको अर्को बैठक सोमबार दिउँसो १ बजे बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस