१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नीतिगत नेतृत्व गर्ने कुरामा देशमा साना दलले बाधा पुर्‍याए : शंकर पोखरेल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश तथा समाजलाई अगाडि बढाउन नीतिगत नेतृत्व आवश्यक हुने बताएका छन् । एमाले ललितपुरले गरेको प्रशिक्षक कार्यक्रममा उनले नीतिगत नेतृत्व गर्ने कुरामा देशमा साना दलले बाधा पुर्‍याएको जिकिरसमेत गरे । 

महासचिव पोखरेलले संसद्का दुई ठूला पार्टी एमाले र नेपाली काँग्रेस सरकार बनाउने उद्देश्यले मात्र नभई देशलाई अगाडि बढाउने सन्दर्भमा नीतिगत नेतृत्व हुनुपर्छ भन्ने मान्यताका साथ नयाँ समझदारीमा पुगेको स्पष्ट गरे ।

‘नेपालको राजनीतिक परिवर्तन अन्य मुलुकको जस्तो होइन, नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरू मिलेर गरिएको परिवर्तन हो । यो परिवर्तन र सफलतापछि हामीले उचित व्यवस्थापन गर्न सकेनौँ । नीतिगत नेतृत्व प्रदान गर्न नसक्दा सधैँ अस्थिरता उत्पन्न भइरह्यो । त्यसकारण अब नयाँ योजना र सोचका साथ अगाडि बढ्न जरुरी छ । त्यसका लागि हामी एक ठाउँमा आएका छौँ, ’उनले भने ।

यसैगरी उनले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको राजनीतिक कार्यदिशा जनताको बहुदलीय जनवाद (जबज) नै रहेकाले जबजको औचित्य समाप्त भयो भन्नु गलत हुने टिप्पणी गरे । ‘विगतमा एमालेको नेतृत्व गरेका कतिपय कम्युनिष्ट नेताहरूले पनि बेलाबेला जबजको औचित्य सकिएको कुरा गर्ने गरेका छन् । मार्गदर्शक सिद्धान्तका रूपमा रहेको जबजले राजनीतिक क्रान्तिपछिको बाटो पनि स्पष्ट रूपमा देखाएको छ । २०६२र६३ को राजनीतिक सफलतापछि बाटो पनि जबजले देखाएको छ भन्ने कुरामा स्पष्ट हुन र जबजको औचित्यका बारेमा अलमलमा नपर्न कार्यकर्तालाई आग्रह गर्दछु, ’उनले भने ।

राजनीतिक क्रान्तिपछि समाजवादमा पुग्न तीन वटा विशेष अवधि पार गर्नुपर्नेबारे जबजले भनेको उल्लेख गर्दै उनले उत्पादक शक्ति जति शक्तिशाली बनाउन सकियो त्यति छिटो समाजवाद आउने बताए । पाँच दिनसम्म चल्ने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू र पालिका कमिटीका पदाधिकारी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस