८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मार्तडीमा कृषि उपज सङ्कलन केन्द्र

अ+ अ-

बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालनमा आउने भएको छ । जिल्लामा उत्पादन भएका तरकारी तथा परम्परागत बाली भण्डारण गर्नेगरी कृषि विकास निर्देशनालय र बडीमालिका नगरपालिकाको संयुक्त लगानीमा केन्द्र निर्माण गरेका हुन् । कृषि विकास निर्देशनालय दिपायलका इन्जिनियर कोषराज बडूले चिस्यान केन्द्र भवन निर्माण सम्पन्न भएर उपकरण जोड्नमात्रै बाँकी रहेको जानकारी दिए । सबै काम सकेर बडिमालिका नगरपालिकालाई हस्तान्तरण गरिने बताए ।

कृषि उपज सङ्कलन केन्द्रले भण्डार तथा बिक्री वितरणमा सहयोग पुर्‍याउने कृषि ज्ञान केन्द्रका प्रमुख भूमिराज उपाध्यायले बताए । हाटबजार सञ्चालनमा ल्याउन खाद्य अधिकार सञ्जालका अध्यक्ष लक्ष्मीराज उपाध्यायले आग्रह गरे ।

चिस्यान केन्द्रसहित कृषि हाटबजार सञ्चालनमा आएपछि उत्पादित आलु, बन्दा, सुन्तला, स्याउ र परम्परागत बालीको भण्डारण गर्न सहयोग पुग्ने बडिमालिका नगरपालिकाले कृषि शाखाले जनाएको छ । कृषिउपज सङ्कलन केन्द्रका लागि संरचना बनिसकेकाले सामग्री खरिद तथा जडान व्यवस्थापन गरेर यस वर्षभित्र सञ्चालन गर्ने निर्णय गरिएको बडिमालिका नगरपालिका उपप्रमुख नन्दा थापाले बताइन् । कृषिउपज सङ्कलन केन्द्र सञ्चालनका लागि आवश्यक प्राविधिक व्यवस्थापन गरी दसैँअगावै सञ्चालनमा ल्याएर किसानले उत्पादन गरेका वस्तुलाई सङ्कलन गरेर बिक्री वितरणलाई व्यवस्थित बनाउने तयारी रहेको उनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस