काठमाडौँ । सोमबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ लाख ४६ हजार १ सय रुपैयाँ कायम भएको छ ।
सोमबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेको छ । आज १ हजार ७ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।