काठमाडौँ । बर्षाका कारण उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-६ चुम्लिङस्थित चुम्लिङ चुम्चेत लघुजलविद्युत आयोजनामा क्षति पुगेको छ ।
७५ किलोवाट क्षमताको उक्त आयोजनामा शनिबार रातिको बाढीले क्षति पुर्याएको वडाध्यक्ष सरोज लामाले बताए ।
सो क्षेत्रमा अहिले विद्युत् सेवा अवरुद्ध भएको र चुम्चेतको लोक्पा गाउँबाहेक वडाका सबै गाउँ अहिले अन्धकार बनेको लामाले बताए ।
२०७९ सालमा कादुरी नामक संस्थाले उक्त आयोजना निर्माण गरेको थियो । आयोजनाबाट वडा नम्बर ६ का करिब २५० घरधुरीले बिजुली बाल्दै आएका थिए ।
कुदारीमार्फत नै मर्मत गर्नुपर्ने भएकाले केही समय लाग्ने वडाध्यक्ष लामाले बताए । विद्युत् सेवा अवरुद्ध हुँदा विभिन्न समस्या भोग्नुपरेको स्थानीयले गुनासो गरेका छन् ।