८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिडिया ट्रायलबाट बच्न गृह मन्त्री लेखकलाई रविले दिए सुझाव

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृह मन्त्री रवि लामिछानेले मिडिया ट्रायल गृह मन्त्रालयको लागि घातक हुने टिप्पणी गरेका छन् ।

बुधबार गृह मन्त्री रमेश लेखकसमेत उपस्थिति भएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले आफ्नो अनुभव सुनाएका हुन् । 

सभापति लामिछानेले मिडिया ट्रायलबाट गृह प्रशासनको मनोबल गिराउने काम हुने भएकाले त्यसतर्फ सचेत भएर काम गर्न पनि गृह मन्त्री रमेश लेखकलाई सुझाव दिए ।

‘मिडिया ट्रायल गृह मन्त्रालयको लागि घातक छ । मन्त्रीज्यू बच्नुहोला । हुनत: तपाईँलाई माया गर्नेहरू अलि बढी छन् । मैले त खरो भएर होला सकिनँ । तपाईँ सक्नुहोला । मिडिया ट्रायललाई यो संगठनलाई जोगाउनुस् । संगठनको एउटा मान्छे आईजी हुने हो । अब प्रतिस्पर्धी अरूले मिडिया ट्रायल गराएर काम अघि बढाउन नदिन यति धेरै कोसिस हुन्छ कि बिजोग डट कम, कन्तविजोग डटकम, हरिबिगोज डटकमका न्युजहरू ह्वाट्सएपमा पठाएको छ । छातिभरी फुली नै फुली छ । मिडियाले थुरुरु कमाइदिएको छ । यो प्रहरी संगठनका लागि ठूलो समस्या बनेको छ । अहिले पनि मिडिया ट्रायल भएको छ । पहिला यो गर भनिदिन्छ । माहौल बनाउने काम गर्छ । भएन भने विज्ञको इन्टरभ्यु पनि राखिदिन्छ । पहिला यस्तो देखिन आयो भनिदिन्छ । त्यसपछि यस्तो भयो भने खराब हुन्छ भनिदिन्छ । त्यसपछि विज्ञको ओपनियन हालिदिन्छ । तेस्रो दिन सम्पादकीय हाल्छ । त्यसरी तपाईँलाई ट्रायल क्रियट गरिदिन्छ । र, त्यसले प्रहरी प्रशासनको मनोबल गिराउने काम भएको छ । प्रहरी सक्षम छ, क्षमतावान छ । अब तपाईँहरूसँग तागत पनि छ, साहस पनि छ । प्रहरीलाई आफ्नो काम गर्न दियो भने उसले सम्पूर्ण चिजको छानबिन गर्न सक्छ । सम्पूर्ण चिजलाई अगाडि बढाउन सक्छ । राजनीतिमा लामो अनुभव गर्नुभएको गृहमन्त्री हुनुहुन्छ । मैले केही कोसिसहरू अवश्य पनि गरेको हुँ । धेरै गर्ने ठाउँ विभिन्न कारणले थिएन । तर, एउटा इमान्दार प्रयास अवश्य पनि गरेको हुँ । मलाई विश्वास छ-ती राम्रा कामहरूको निरन्तरता यहाँहरूले दिनुहुनेछ ।’

प्रतिक्रिया दिनुहोस