८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोकप्रियतावादी विचारले मात्रै समाजलाई नेतृत्व गर्न सक्दैन : शिक्षामन्त्री भट्टराई

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले लोकप्रियतावादी विचारले मात्र समाजको नेतृत्व गर्न नसकिने बताएकी छन् ।

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठलाई लक्षित गर्दै शिक्षामन्त्री भट्टराईले समाजको नेतृत्व गर्न लोकप्रियता वादी विचारले मात्र नहुने बताएकी हुन् ।

प्रेस चौतारी कास्कीले आइतबार पोखरामा आयोजना गरेका कार्यक्रममा मन्त्री भट्टराईले शिक्षकलाई अनावश्यक लाञ्छना लगाउने र झोल हुन भन्ने तर तीनै शिक्षकहरूले विद्यालय धान्नुपर्ने कुराले खोजिरहेको गुणस्तरीयता पाउन नसक्ने उल्लेख गरिन् ।

‘विद्यालय शिक्षा ऐन विचाराधीन छ । संसदमा छलफल चलिराखेको छ । शिक्षकको भूमिका के रहने भन्ने कुराको मापदण्ड त्यसले बनाइसकेको छ,’ उनले भनिन्, ‘यदि शिक्षकहरू आरोपित हुँदाखेरि हामीसँग छुट्टाछुट्टै ऐनहरू छँदैछन् । यी ऐनहरूमार्फत उहाँहरू कारबाहीमा पर्ने आधारहरू अलरेडी छन् । भएका ऐनहरू कार्यान्वयन गर्ने कुरामा सरकार दत्तचित्त भएर लाग्छ ।’

उनले थपिन, ‘तर, शिक्षकहरूलाई अनावश्यक लाञ्छना लगाउने, झोले हुन् भन्ने, बेठिक हुन् भन्ने तिनै शिक्षकहरूले विद्यालय धान्न पर्ने कुराले मलाई लाग्छ हामीले खोजेको गुणस्तरीयता पाउन सकिँदैन । लोकप्रियता वादी विचारले मात्रै समाजलाई नेतृत्व गर्न सक्दैन । हामी लोकप्रिय पनि हुनुपर्छ । व्यवहारिक पनि हुनुपर्छ ।’

अदालतमा विचाराधीन भएका कारण शिक्षक निर्देशिका चलाउने नसकिएको मन्त्री भट्टराईले बताइन् ।

‘शिक्षक निर्देशिका अदालतमा छ । अदालतमा विचाराधीन भएको कुरा अहिलेको मन्त्रीले खण्डन गरेर जान त सकिँदैन । मैले अदालतको परमादेश पर्खेर बसेको छु । त्यो अदालतमा भएको कारण मैले केही पनि गर्न सकेको छैन,’ उनले भनिन्, ‘अदालतले एउटा आदेश दिएपछि त्यसलाई के गर्ने भन्ने सवालमा अगाडि बढ्छु ।

प्रतिक्रिया दिनुहोस