६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक विभागको वार्षिक समीक्षा, विभागले सहजीकरण नगर्दा सडक निर्माणमा समस्या 

अ+ अ-

ललितपुर । सडक विभागले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेका कामको प्रगतिबारे समीक्षा गरेको छ । 

समीक्षामा वार्षिक समयमा आयोजनाका लागि रकमान्तर स्वीकृत नहुनु, आयोजना तथा योजनाको आवश्यकताअनुसार बजेट विनियोजन नगरिनु, निर्माण सामग्रीको प्रयोगसम्बन्धी नीतिगत स्पष्टता नहुनु तथा निर्माण कम्पनीले समयमै काम सम्पन्न नगर्दा आशातीत नतिजा देखाउन नसकेको विषय उठाइएको थियो ।

त्यस अवसरमा सहभागीहरूले सडक विस्तार तथा मर्मतसम्भारका क्रममा वन मन्त्रालय तथा वन विभागले सहजीकरण नगर्दा सडक निर्माणमा र विस्तारमा समस्या भएको गुनासो गरे । विद्युतका पोल, खानेपानी र ढलका समस्या समाधानका लागि समयमा समन्वय भई उचित समाधान नहुनु बजेट तथा योजना कार्यान्वयनमा बाधक भएको सहभागीले उल्लेख गरेका छन् । स्वीकृति नलिई, आवश्यक सम्भावना अध्ययन प्रतिवेदन तयार नगरी प्रदेश र स्थानीय तहले राजमार्गलाई प्रभावित गर्ने गरी शाखा सडक विस्तार गर्नु समस्याका रूपमा देखिँदा अपेक्षित प्रगति हुन नसकेको उनीहरूको तर्क थियो । 

सडक विस्तारका क्रममा मुआब्जा वितरणका लागि आवश्यक बजेटको विनियोजन तथा व्यवस्थापन नहुनु समस्याका रूपमा देखिएको सहभागी कार्यालय प्रमुखहरूको भनाइ थियो । शनिबारदेखि सुरु भएको प्रगति समीक्षा गोष्ठीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका सचिव केशवकुमार शर्मा, सहसचिव भीमार्जुन अधिकारी, सुशीलबाबु ढकाल, कृष्णराज पन्त, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, विभागका उपमहानिर्देशक, इन्जिनियरलगायत सडक विभाग मातहतका कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस