११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधानको समावेशी चरित्रमा बाधा नआउने गरी संशोधन गर्न सकिन्छ : डा. शेखर कोइराला

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले संविधानको समावेशी चरित्रलाई असर नपर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् । 

आइतबार केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा नेता कोइरालाले संविधानमा उल्लेख समावेशी चरित्रलाई कुनै किसिमको बाधा तथा अड्चन नआउने गरी संविधान संशोधन गर्नुपर्ने बताए ।

उनले राजनीतिक स्थायित्वको लागि काँग्रेस र एमाले सम्मिलित सरकार बनेको भन्दै सरकारलाई मजबुत बनाउनुपर्ने धारणा राखे । नेता कोइरालाले राजनीतिक स्थायित्वको लागि संविधान संशोधन गर्न अत्यावश्यक भएको बताए ।

उनले भने, ‘एक्लै चुनाव लड्न सक्ने क्षमता हामीहरूले बनाउन सक्नुपर्‍यो । कसैको वैशाखी लिएर हामी चुनावमा जान हुँदैन । त्यो हामीहरूले बुझ्न जरुरी छ । यो सरकार जुन बनेको छ, यो सरकारलाई टिकाएर अगाडि कसरी लग्ने ? मजबुत कसरी बनाउने ? राजनीतिक स्थायित्व भएन भनेर हामीले यो सरकार बनाएको हो । ६र६ महिनामा सरकार परिवर्तन हुने । अरु देशमा सरकार परिवर्तन हुँदा नीति परिवर्तन हुँदैन । हामीकहाँ नीति पनि परिवर्तन हुन्छ । यो सरकार आउन बित्तिकै २२ जना सचिव परिवर्तन भए । अझै कति हुने हो ? यसरी गर्दा खेरि सरकारको स्थिरता आउँदैन । त्यसले अप्ठ्यारो परिस्थितिहरू सिर्जना गर्छ । सरकार परिवर्तन भइरहँदा सरकारमा स्थायित्व पनि नहुने, सुशासन पनि दिन नसक्ने, विकास पनि नहुने हुन्छ ।

नेता कोइरालाले मिश्रित निर्वाचन प्रणालीबाट कुनै पनि राजनीतिक दलको बहुमत नआउने भन्दै दलहरूको बहुमत ल्याउन प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने धारणा राखे । ‘राजनीतिक स्थायित्व दिनलाई संविधान संशोधन गर्ने हो भने त्यो जरुरी छ । अहिलेको मिश्रित प्रणालीबाट चुनावमा जाँदाखेरि कुनै पनि दलको बहुमत आउँदैन । बहुमत ल्याउनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीमै जानुपर्छ, ‘उनले भने, ‘तर निर्वाचन प्रणालीलाई प्रत्यक्ष बनाउँदै गर्दा हामीले संविधानको समावेशी चरित्रलाई भुल्नुहुँदैन । त्यो समावेशी चरित्रलाई कुनै किसिमको बाधा, अड्चन नआउने गरी, त्यसलाई परिवर्तन नगरी अगाडि कसरी जान सकिन्छ त्यसबारे छलफल गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस