७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटो देखाएपछि बुङमती लगियो रातो मच्छिन्द्रनाथको मूर्ति

अ+ अ-

ललितपुर । वर्षा र सहकालको देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको मूर्तिलाई जावलाखेलको ललितमण्डपमा भोटो देखाएपछि रथबाट ओरालेर बुङमती लगिएको छ । 

वैशाख २७ गते ललितपुरको पुलचोकबाट रथारोहन गरी सुरु भएको रातो मच्छिन्द्रनाथको रथ जात्रा आज जावलाखेलको ललितमण्डपमा भोटो देखाएपछि मच्छिन्द्रनाथको मूर्ति बुङमती लगिएको हो । 

हरेक वर्ष रथलाई ललितपुरको पुलचोकबाट गाबहाल, मङ्गलबार, टङ्गाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाउने र मूर्तिलाई रथबाट निकालेर मच्छिन्द्रनाथको मन्दिर बुङमती लगिने प्रचलन छ । 

बाह्र वर्षको एक पटक रातो मच्छिन्द्रनाथको मूर्तिसँगै रथ तानेर बुङमती लगिने प्रचलन भए पनि अन्य वर्षहरूमा मूर्तिलाई रथबाट ओरालेर सानो खटमा चारजना पुजारीले बोकेर बुङमती लगिने गरेको पुजारी साहु शाक्यले जनाए । 

आज राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतले भोटोजात्रा अवलोकन गरेका थिए। 

राष्ट्रपति राम्रचन्द्र पौडेल, प्रधानमन्त्री ओलीलगायतलाई ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ र ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनलगायतले स्वागत गरेका थिए । 

राष्ट्रपति र प्रधानमन्त्रीलगायत शीर्ष व्यक्तिहरूले अवलोकन गरेको जात्रामा गुठी संस्थानका कर्मचारीहरूले भोटो देखाएका थिए । जावलाखेलमा भोटो देखाएपछि यो वर्षको रातो मच्छिन्द्रनाथको जात्रा सकिन्छ । रातो मच्छिन्द्रनाथको रथ जात्रा काठमाडौँ उपत्यकाकै लामो जात्रा हो । 

प्रतिक्रिया दिनुहोस