काठमाडौँ । तीनै तहका शिक्षकको रिक्त दरबन्दी विवरण सार्वजनिक गरिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगबाट हुने विज्ञापनको प्रयोजनार्थ दरबन्दी विवरण सोमबार सार्वजनिक गरेको हो।
सार्वजनिक विवरणअनुसार प्राथमिक तहको रिक्त शिक्षक दरबन्दी संख्या एक हजार ९१६ रहेको छ। यसै गरी निमावि दरबन्दी ४४४ र माविको ३०२ वटा दरबन्दी रिक्त रहेको छ। साथै केन्द्रले बढुवाका लागि रहेको रिक्त दरबन्दी पनि सार्वजनिक गरेको छ।