२९ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपमहानिर्देशकसहित थप दुई सहसचिवको सरुवा, तीन जनालाई पछार्दै कैनीले मारे बाजी 

अ+ अ-

काठमाडौँ । सिंहदरवारस्थित एक मन्त्रालयले दुई सहसचिवको सरुवा गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सहसचिवद्वय सन्तोष कैनी र दिनेश रजौरियालाई सरुवा गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुशार जलस्रोत अनुसन्धान तथा विकास केन्द्रका कार्यकारी निर्देशक कैनीलाई सिँचाइ विभागको रिक्त उपमहानिर्देशकमा सरुवा गरिएको छ भने मन्त्रालयको अतिरिक्त(बरन्डा)मा रहेका रजौरियालाई जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको कार्यकारी निर्देशकमा खटाइएको छ ।  

सिँचाइ विभागको उपमहानिर्देशक बन्न आधा दर्जन जति सहसचिवको दौडधुप चलेको थियो । महिना भन्दा बढी समयदेखि रिक्त रहेको उपमा जान धेरैले इच्छा व्यक्त गरे पनि चार जना बिच भने कडा दौडधुप चलेको थियो ।

मन्त्रालय तथा आयोग स्रोतबाट प्राप्त जानकारी अनुशार रजौरिया र कैनीसहित सुनकोशी मरिन डाइभर्सन आयोजना प्रमुख मित्र बराल र ऊर्जा आयोगका डा.महेश्वर श्रेष्ठ बिच कडा प्रतिस्पर्धा चलेको थियो । जसमध्ये एक शक्तिशाली निकायको फोनपछि कैनीले बाजी मारेको ती स्रोतको भनाई छ । ‘महानिर्देशक भन्दा उपमहानिर्देश बन्नका लागि चलेको दौडधुप हेर्न लायक थियो’ ती स्रोतले भने, ‘शक्तिशाली केन्द्रको फोन पछि कैनी सापले पड्काउनु भयो’

सुनकोशी मरुनमा ब्रेकथू्र गरेकोले राम्रो काम गरेको भन्दै बराललाई ल्याउन खोजेको भए पनि राजनीतिक परिवर्तनसँगै परिस्थिति फरक बनेपछि अर्कैले बाजि मारेको ती स्रोतको भनाई छ । 

मन्त्री दिपक खड्काले ऊर्जा विकास विकास विभागका महानिर्देशकसहित थप चार जना सहसचिवको पनि सरुवा गरेका छन् ।

सम्बन्धित समाचार : महानिर्देशकसहित चार सहसचिवको जिम्मेवारी हेरफेर, को कहाँ ? 

पछिल्ला केही वर्षयता नयाँ सरकार गठनसँगै पहिलो काम नै कर्मचारी सरुवाबाट शुरु गर्ने गरिएको छ । यसअघि नै यस्तै प्रचलन चलाइएकोले पनि सरुवा गर्नु बाध्यात्मक जस्तै भएको बताइँदै आइएको छ । यद्यपि यसरी सरुवा कर्मचारीहरू भने उही र उस्तै प्रक्रिया, पद्धति र प्रणालीबाट आएका समान हैसियत र परफरमेन्सका रहने गरेका छन् । जसले थप परिणाम दिने भन्दा पनि सरकारका लागि थोरबहुत सहजीकरण गर्नेबाहेक सेवाग्राही तथा नागरिकलाई अनुभूत हुने गरी उल्लेख्य नतिजा भने देखिने गरेको छैन । 

प्रतिक्रिया दिनुहोस