काठमाडौँ । काभा महिला भलिबल नेसन्स लिगमा नेपालले आज इरानसँग प्रतिस्पर्धा गर्दै छ । खेल साँझ ५ बजे सुरु हुनेछ ।
नेपाल लिगको उपविजेता बन्दै तेस्रो स्थानमा रहेको इरानसँग सेमिफाइनल खेल्न लागेको हो । यसअघि आइतबार भएको लिग चरणको खेलमा नेपाल इरानसँग ३-२ को सेटमा पराजित भएको थियो ।
आजको खेलमा नेपाल लिग चरणमा भोगेको हारको बदला लिने लक्ष्य सहित मैदानमा उत्रनेछ । उता इरान भने नेपालविरुद्ध लिग चरणकै नतिजा दोहोराउने प्रयासमा हुनेछ ।