५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तरआवद्धतालाई प्रभावकारी बनाउन एउटै ‘नेटवर्क कनेक्टिभिटी’मा जोड्दै चन्द्रागिरि

अ+ अ-

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले आफ्ना मातहतका सेवा प्रदायक निकायलाई  एउटै ‘नेटवर्क कनेक्टिभिटी’मा जोड्ने भएको छ । वडा कार्यालय, स्वास्थ्यचौकी, सहरी स्वास्थ्य केन्द्र, नगर अस्पताल र सामुदायिक विद्यालयका गतिविधि सूचना प्रविधिका माध्यमबाट जोडिन लागेका हुन्  । यसका लागि  नगरपालिकाले नेपाल टेलिकमसँग अन्तरसरकारी निकाय सम्झौता (जिटुजी) अवधारणाअन्तर्गत द्विपक्षीय सम्झौता गरेको छ । सोमबार आयोजित कार्यक्रममा नगरप्रमुख घनश्याम गिरी र टेलिकम बागमती प्रदेश निर्देशक रीना डङ्गोलले सम्झौतापत्रमा हस्ताक्षर गरिन् । 

सम्झौताअनुसार नगरपालिका कार्यालय र अन्तर्गतका १५  वडा कार्यालय, १५  स्वास्थ्यचौकी तथा सहरी स्वास्थ्य केन्द्र, २४  सामुदायिक विद्यालय र एक नगर अस्पतालमा इन्ट्रानेट लिज लाइन, इन्टरनेट सेवा र सिसीटिभी कनेक्टिभिटीलगायत सेवा टेलिकमले प्रदान गर्नेछ । यसका साथै दुई सयभन्दा बढी सार्वजनिक स्थानमा ‘वाइफाइ हटस्पट’को सेवा पनि टेलिकमले प्रदान गर्नेछ ।

 टेलिकमले नगरपालिकाको सूचना प्रवाहका लागि विभिन्न चोकमा डिजिटल बोर्डको पनि व्यवस्था गर्ने सम्झौतापत्रमा उल्लेख छ । नगरप्रमुख गिरीले नगरपालिकाले प्रदान गर्ने डिजिटल सेवा तथा जिपिएसर जिआइएससहितको नगर प्रोफाइलका सेवा अवलम्बन गर्न यस सम्झौताले पूर्वाधार र सहजीकरणको भूमिका खेल्ने बताए । उनले भने, “नगरपालिकाले आफ्नै सर्भरको पनि व्यवस्था गर्न लागेको छ । यसबाट  डिजिटल घर नक्सा सेवा तथा अन्य सेवा पनि सुरक्षित रहने छ ।”

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले नगरपालिका मातहतका कार्यालय, विद्यालयका गतिविधि अब नगरबाट नै निगरानी गर्न सकिने र अन्तरआवद्धतालाई थप प्रभावकारी बनाउने जानकारी दिँदै यसले नगरलाई थप प्रविधिमैत्री बनाउन सहयोग मिल्ने विश्वास व्यक्त गरे । उनले भने,“नगरपालिकाले आफ्ना सेवालाई प्रविधिमैत्री बनाउन नवीनतम सोचका काम गरिरहेको छ । यसका लागि इन्ट्रानेट लिज लाइन, इन्टरनेट सेवा र सिसीटिभी कनेक्टिभिटीलाई चुस्त बनाउन टेलिकमसँग सहकार्य भएको हो । ”

प्रतिक्रिया दिनुहोस