काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जिन्दगीमा कहिले पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगरेको बताउँदै जहाँ पनि जवाफ दिन तयार रहेको बताए ।
भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको समितिको पहिलो छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगरेको र कसैले गरेको पनि नसहने बताए ।
‘जिन्दगीमा कहिले पनि भ्रष्टाचार गरिनँ र सहिनँ पनि, मेरो नजर बाहिर कसैले भ्रष्टाचार गर्नु अर्कै कुरा हो, ’उनले भने, ‘यो धर्तीका अदालतमा मात्रै होइन की चित्रगुप्तका अगाडि जवाफ दिन पनि तयार छु ।’