७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री कार्कीद्वारा विश्व आदिवासी दिवसको शुभकामना

अ+ अ-

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ३० औँ विश्व आदिवासी दिवसका अवसरमा स्वदेश एवं विदेशमा रहनुभएका आदिवासी जनजाति समुदायसहित सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री कार्कीले शुक्रबार आज एक विज्ञप्ति जारी गर्दै आजको दिनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन र सुदृढीकरण एवं अधिकार प्राप्तिको अभियानमा निरन्तर सफलता मिल्ने विश्वास व्यक्त गरेका हुन् ।

“हाम्रो देश सबैको साझा फूलबारी हो । नेपालमा आदिवासी जनजातिको ठूलो सङ्ख्या छ । त्यसमा पनि कोशी प्रदेश आदिवासी जनजातिको ठूलो जनसङ्ख्या भएको प्रदेश हो । कोशी प्रदेशमा आदिवासीको सदिऔँदेखिको बसोबास छ । आदिवासी जनजाति समुदायले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ । प्रथम सहिद लखन थापादेखि अहिलेसम्म भएका परिवर्तनका आन्दोलनमा आदिवासी जनजातिको योगदान स्मरणीय छ । आदिवासी जनजातिहरूको विभिन्न भाषा, संस्कृति, परम्परा र संस्कारले कोशी प्रदेशलाई समृद्ध बनाएको छ”, मुख्यमन्त्री कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

खुवालुङदेखि माङ्सेबुङलगायत पवित्र स्थल कोशी प्रदेशका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार प्रदेशमा रहेका सबै आदिवासी जनजातिको भाषा, संस्कृति, संस्कार र परम्परालाई संरक्षण तथा विकास गर्दै उहाँहरूको पहिचानलाई थप परिस्कृत बनाउन लागिपरेको बताएका छन् । आदिवासीका धार्मिक धरोहरको  संरक्षण र सङ्ग्रहालयमार्फत समुदायको पहिचानलाई वर्षौँसम्म चिरस्थायी बनाउन सरकारले काम गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घले सन् १९९४ को अगस्ट ९ देखि विश्व आदिवासी दिवस मनाउन सुरु गरेको हो । यो दिवसले आदिवासीलाई आफ्नो अधिकार स्थापित गर्दै  विकास र समृद्धिमा जोड्न प्रेरणा दिने मुख्यमन्त्री कार्कीको शुभकामना सन्देशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस