९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्राजिलमा विमान दुर्घटना : पाइलटसहित ६१ जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । ब्राजिलको साओ पाउलो राज्यमा शुक्रबार ५७ जना यात्रु र ४ चालक दलका सदस्य बोकेको एक विमान दुर्घटनामा परेको छ । 

विमानमा सवार सब ६१ जनाको मृत्यु भएको एयरलाइन्सले जनाएको छ । 

दक्षिणी राज्य परानाको क्यास्कावेलबाट साओ पाउलो सहरका लागि उडेको भोपास एयरलाइन्सद्वारा सञ्चालित एटीआर ७२–५०० विमान भिन्हेडो सहरमा दुर्घटनामा परेको हो । 

लगभग ७६ हजार जनसङ्ख्या रहेको भिन्हेडो सहर साओ पाउलोबाट लगभग ८० किलोमिटर उत्तरपश्चिममा अवस्थित छ ।  

स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेको तस्बिरमा उक्त जहाज आकाशमा चक्कर लगाउँदै खसेको र दुर्घटनास्थलबाट धुवाँको मुस्लो उडेको देखिन्छ ।   

साओ पाउलो राज्यका गभर्नर टारसिसियो डे फ्रिटासले घटनास्थलमा पत्रकारहरूलाई भने, “पीडितको शव पहिचान प्रक्रिया सुरु भइसकेको छ र यो रातभरि जारी रहनेछ ।”

ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले यस घटनाप्रति दुख व्यक्त गर्दै राज्यमा तीन दिन शोकको घोषणा गरेका छन् । 

भोपासले पीडितका परिवारलाई पूर्ण सहयोग गरिरहेको र दुर्घटनाको कारण पत्ता लगाउन अधिकारीहरूसँग सहकार्य गरिरहेको बताएको छ । 

ब्राजिलको सेनिपा उड्डयन दुर्घटना एजेन्सीले यस घटनाको अनुसन्धान सुरु गरेको छ । 

प्रतिक्रिया दिनुहोस