काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालले बांङ्लादेशमा मानवताविरुद्धको घटना हुँदा पनि सरकारले कुनै प्रतिक्रिया नजनाउनु आश्चर्यजनक भएको टिप्पणी गरेका छन्।
आन्दोलनको बलमा सत्ता परिवर्तन भइसकेपछि पनि हिन्दहरूमाथि अमानवीय र निर्मम आक्रमण हुनु तथा मन्दिरहरूमा तोडफोड गरिनु मानव अधिकारको ठाडो उल्लंघन भएको बताए।
विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनको बलमा सत्ता परिवर्तन भइसकेपछि पनि हिन्दहरूमाथि अमानवीय र निर्मम आक्रमण हुनु तथा मन्दिरहरूमा तोडफोड गरिनु मानव अधिकारको ठाडो उल्लंघन हो। धार्मिक आस्थाको आधारमा भएका हिंसाको राप्रपा नेपाल घोर भर्त्सना र विरोध गर्दछ।’
हिन्दुमाथि भइरहेको आक्रमण अन्त्य गर्न र पीडितहरूको उद्धार र सहयोगका निम्ति बांङ्लादेश सरकार र संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गर्न राप्रपा नेपाल सरकारसँग माग गरेका छन्।
