१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाइस हजार करदाताले वार्षिक कर बुझाएनन्

अ+ अ-

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरले व्यावसायिक प्यान नम्बर लिएका २२ हजार करदाताले वार्षिक कर नतिरेको जनाएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा ती करदाताले आफैँ कार्यालय आई तिर्नुपर्ने कर नबुझाएको कार्यालयबाट जानकारी प्राप्त भएको छ ।

 सो कार्यालयअन्तर्गत ३७ हजार व्यावसायिक करदाता रहेको छ । त्यसमध्येका १५ हजार करदाताले मात्र वार्षिक कर अर्थात् (आयव्यय) राजस्व बुझाएको बताइएको छ । कर नबुझाएमा कानुनबमोजिम कारबाही तथा जरिवाना हुने कार्यालयले स्पष्ट गरेको छ ।

 यसैगरी,  पटकपटक ताकेता गर्दासम्म  राजस्व नबुझाउने २० वटा उद्योगी तथा व्यावसायिक  फार्ममाथि कानुनी कारबाही गरी गत आर्थिक वर्षमा रु १० करोडभन्दा बढी राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख किशोर बर्तौलाले जानकारी दिए । 

लामो समयदेखि  नियमानुसार लाग्ने कर दस्तुर नबुझाउने एक सय ७८ व्यावसायिक फार्मलाई  कारबाही गर्ने सूचना जारी गरेपछि २० व्यावसायिक फार्मले कर बुझाएका छन् ।  

कार्यालयबाट उपलब्ध तथ्याङ्क विवरणमा सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा राजस्व सङ्कलनमा वृद्धि भएको जनाएको छ । प्राप्त विवरणमा अघिल्लो आर्थिक वर्ष रु तीन अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु तीन अर्ब ४४ करोड सङ्कलन भएको थियो ।

 त्यस्तै गत आर्थिक वर्ष २०८०/८१ मा रु चार अर्ब ४६ करोड ६३ लाख राजस्व सङ्कलन भएको कार्यालय प्रमुख बर्तौलाले जानकारी दिए। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा करिब ११ प्रतिशतले राजस्व वृद्धि भएको कार्यालयले जनाएको छ ।

 गत आर्थिक वर्ष सो कार्यालयले लिएको लक्ष्यअन्तर्गत आयकरबापत रु एक अर्ब ४५ करोड ४७ लाख, घरभाडाबापत रु छ करोड ३५ लाख ६६ हजार, ब्याजकरबापत रु  ११ करोड ११ लाख २२ हजार, मूल्यअभिवृद्धिकरबापत रु एक अर्ब ३० करोड १५ लाख  ५५ हजार, अन्तशुल्कबापत रु एक अर्ब ५३ करोड ४२ लाख ८७ हजार, स्वास्थ्यकरबापत रु ११ लाख तीन हजार र शिक्षाकरवापत रु ४९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको थियो ।

  प्राप्त विवरणमा गत आव ०८०/८१ मा आयकरबापत रु एक अर्ब १९ करोड  ३८ लाख ७१ हजार, घरभाडाबापत रु तीन करोड ५० लाख २२ हजार,  ब्याजकरबापत रु सात करोड २० लाख ७४ हजार, मूल्यअभिवृद्धिकरबापत  रु ९७ करोड ७८ लाख ६२ लाख, अन्तशुल्ककरबापत रु एक अर्ब  ५४ करोड  ६६ लाख २१ हजार, स्वास्थ्यकरवापत  रु १५ लाख ३१ हजार, शिक्षाकरबापत रु एक लाख ६८ हजार तथा अन्यकरबापत रु १२ लाख २६ हजार गरी कुल रु तीन अर्ब ८२ करोड ८३ लाख ७५ हजार राजस्व सङ्कलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस