१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचार काण्ड छानबिन गर्न आयोग बनाऔँ : नेता केसी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले अहिलेसम्मका ठूला भ्रष्टाचार काण्डको छानबिन गर्न पूर्वप्रधान न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग बनाउन प्रस्ताव गरेका छन् ।

आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा नेता केसीले चर्चित र नीतिगत भ्रष्टाचार काण्डहरूको छानबिन गर्न सर्वशक्ति सम्पन्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न प्रस्ताव गरेका हुन् । उच्चस्तरीय आयोग बनाउन पहकदमी काँग्रेसले लिनुपर्ने केसीको जोड थियो ।

आजसम्म चर्चित र नीतिगत भ्रष्टाचार काण्डहरूको छानबिन गर्न कुनै पूर्वप्रधान न्यायाधीशको नेतृत्वमा सर्वशक्ति सम्पन्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न काँग्रेसले नै पहलकदमी गरोस् । उनले भने ।

पार्टी दुर्बल हुँदा लोकतन्त्र कमजोर हुने उल्लेख गर्दै केसीले निश्चित विधि, पद्धति र प्रक्रियाभित्र रहेर गुट-उपगुट, गिरोह उपगिरोहभन्दा माथि उठ्न र एकताबद्ध बनाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरे ।

केसीले पार्टीमा पारित भएका प्रस्तावहरू कति कार्यान्वयन भए भनी नेतृत्वसँग जवाफ मागे । ‘१४ औँ महाधिवेशनसम्मका यस्ता धेरै पारित प्रस्तावहरू कति कार्यान्वयन भए, किन भएनन्, अब कसरी गर्ने ?’ केसीले प्रश्न गरे,‘यसको कार्यान्वयन संयन्त्र निश्चित भएन भने यो निरर्थक कागजको खोस्टो मात्र हुन्छ ।’

केसीले मुख हेरी दण्ड र पुरस्कार होइन कसुर हेरी दण्ड र क्षमता हेरी पुरस्कारको व्यवस्था गर्नुपर्ने बताए । ‘हरेक क्षेत्रमा गणतन्त्र (मेरिटोक्रेसी) भन्दा आफ्ना मानिसलाई पुरस्कारतन्त्र हाबी देखिएको छ । यसले जनमानसमा चरम निराशा उब्जाएको छु’, उनले भने ।

प्रतिक्रिया दिनुहोस