११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन मन्त्री पाण्डेले हवाई सुरक्षाबारे रक्षामन्त्री र नेपाली सेनासँग लिए राय

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधारबारे रक्षामन्त्री मानवीर राई र कामु प्रधानसेनापति अशोक सिग्देलसँग राय लिएका छन् ।

छलफलमा नेपाली सेनाका अधिकारीहरूले तालिम र व्यवस्थापन, अवलम्बन गरेका असल अभ्यासबारे सुझाव दिएका छन् ।

भौगोलिक विविधता र मौसमी कारणले हुने दुर्घटनाको अन्त्य गर्न ठाउँ-ठाउँमा मौसमी सूचनाबारे जानकारी लिन आधुनिक प्रविधि जडान गर्नुपर्ने लगायत विषयमा नेपाली सेनाले सुझाव दिएको छ ।

एक महिनामा जहाज र हेलिकप्टर दुर्घटना भएपछि पर्यटन मन्त्रीले आइतबार रक्षामन्त्री, प्रधानसेनापति साथै दुई मन्त्रालयका सचिवहरूसँग सामूहिक छलफल गरेका छन् ।

नेपाली सेनाको हवाई सेवा उत्कृष्ट रहेकाले गैरसैनिक हवाई उडानलाई कसरी सुरक्षित पार्न सकिन्छ भन्ने विषयमा मन्त्री पाण्डेले सुझाव मागेका हुन् ।

हालै भएका हवाई दुर्घटना छानबिन समिति गठन भए पनि अध्ययन प्रतिवेदन आउन बाँकी छ ।

अनुभव साट्ने क्रममा नेपाली सेनाका अधिकारीहरूले हवाई सुरक्षाका लागि ‘ओभरअल सिस्टम’ (समग्र प्रणाली) र नियम कानुनको कमी नभएको तर कार्यान्वयन पक्षमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

सेनाको हवाई सुरक्षा सन्दर्भमा आफ्नै निर्देशिका भएकाले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को निर्देशिका पछ्याउन नपरेको प्रष्ट पारेको छ ।

धेरै उडान हुने ठाउँमा हेलिप्याड बनाउनुपर्ने, नागरिक उड्डयन प्राधिकरण, आइकाओ र नेपाली सेनाको संयुक्त समिति बनाएर हवाई सुरक्षाका सन्दर्भमा नियमित छलफल, अध्ययन, अनुसन्धान र अनुगमनमा जोड दिनुपर्ने विषयमा समेत सुझाव दिइएको थियो । 

प्रतिक्रिया दिनुहोस