८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताका समस्या र मुद्दाहरूमा केन्द्रित भएर जनपरिचालन गर्नुपर्नेमा माओवादीको जोड 

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नेतृत्व निर्माणका विषयमा बहस चलेको छ ।

आइतबार पार्टी कार्यालय पेरिसडाडामा बसेको बैठकमा नेतृत्व विकास गर्ने विषयमा सैद्धान्तिक बहस चलेको प्रवक्ता अग्नि सापकोटाले बताए । 

सिद्धान्त, बिचार, नीतिमा राम्रो तयारी गरी नेतृत्व निर्माण गर्नुपर्नेमा छलफल चलेको उनले बताए । उनले स्थायी कमिटीमा चलेको बहसले केन्द्रीय कमिटीमा पनि निरन्तरता पाउने जानकारी दिए ।

केही दिन यता जारी स्थायी कमिटी बैठकमा स्थानीय तहलाई आधार बनाएर समाजवादको आधार तयार पार्नुपर्नेमा सदस्यहरूले जोड दिएको उनले बताए ।

त्यस्तै, जनताका समस्या र मुद्दाहरूमा केन्द्रित भएर जनपरिचालन कार्यक्रम ल्याउनुपर्ने, नयाँ कार्यनीतिको विकास गर्नुपर्ने धारणा आएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

माओवादी सरकारले सुरु गरेको सामाजिक न्यायसहितको सुशासनका कार्यक्रमहरूबाट सरकार पछि हट्ने देखिएकाले खबरदारी गर्नुपर्ने धारणाहरू समेत आएको उनको भनाइ छ ।

आइतबार माओवादी स्थायी कमिटी बैठकमा १४ जना धारणा राखेका थिए । जसमध्ये अधिकांशले वैज्ञानिक मापदण्ड बनाएर पार्टीभित्रको मूल्यांकनलाइ प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस