काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
नेता महरले ‘प्रचण्ड’ निवास खुमलटार पुगेर भेटवार्ता गरेका हुन् । उनले अध्यक्ष ‘प्रचण्ड’सँग पछिल्ला समसामयिक विषयमा कुराकानी भएको बताएका छन् ।
यसअघि नेता महरले एमालेका महासचिव शंकर पोखरेलसँग पनि भेटवार्ता गरेका थिए ।
एमाले केन्द्रीय कार्यालय च्यासल पुगेर महासचिव पोखरेलसँग समसामयिक राजनीतिका विषयमा कुराकानी गरेको बताएका थिए ।