११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘रेल र पानी जहाजमा मेरो निकै मजाक उडाए, गफ दियो भने’ : प्रधानमन्त्री ओली 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रेल ‘कनेक्टिभिटी’ मार्फत मुलुकलाई दुवै छिमेकी मुलुकसँग जोड्ने आफ्नो योजना सार्थक बन्ने बताएका छन्।

सोमबार बिहान सरकारी निवास बालुवाटारमा दोलखा जिल्लाका राजनीतिक दलका सर्वदलीय प्रतिनिधिमण्डलको ज्ञापन पत्र बुझेपछि प्रधानमन्त्री ओलीले यस्तो जिकिर गरेका हुन्।

उनले रेल र पानी जहाजको विषयमा केहीले आफ्नो मजाक उडाएको प्रति गुनासो गरे। उनले भने, ‘रेल र पानी जहाजमा मेरो निकै मजाक उडाए, गफ दियो पनि भने। तर रक्सोल-काठमाडौँ रेल भनेको काठमाडौँ दिल्ली वा काठमाडौँ मुम्बई, अनि केरुङ-काठमाडौँ रेल भनेको काठमाडौँ ल्हासा हो भन्ने कुरा उडाउनेहरूले बुझ्न सकेनन्, अब बिस्तारै बुझ्नेछन्।’

उनले आफू हचुवाका भरमा बोल्ने र हचुवाकै भरमा काम गर्ने प्रधानमन्त्री नरहेको समेत बताए। आगामी दिनमा ठुला आयोजनाहरू अनावश्यक ढिलाइ र लापरबाही गर्ने परिपाटी रोक्न सरकारले विशेष ध्यान दिने उल्लेख गरे। ओलीले सडक विकास पछि मुलुक अब टनेल युगमा प्रवेश गरेको समेत दाबी गरे।

प्रधानमन्त्री ओलीले चौपट अवस्थामा पुर्‍याइएका अर्थतन्त्रलाई लयमा फर्काउने गरी काम गर्ने प्रतिबद्धता जनाए। यस्तै डलरको मूल्य बढ्दा बाह्य ऋणको अवस्था समेत उकालो लागेको उनले सुनाए।

‘डलरको भाउ ३० रुपैयाँ हुँदा लिएको ऋण आज बढेर १३२ पुगेको छु उनले भने, ‘निर्ब्याजी नै भए पनि डलरको भाउ ४ गुणा बढेकै कारण बाह्य ऋण १२ खर्ब पुगेको छ।

प्रधानमन्त्री ओलीले उत्पादन र प्रतिफल नदिने क्षेत्रमा विदेशी ऋण नलिने समेत बताए। ‘विदेशी अनुदान नलिने हैन, लिन्छौँ । ‘उनले भने, ‘तर त्यसलाई ठुला विकास र पूर्वाधार भन्दा पनि उत्पादन र प्रतिफल दिने क्षेत्रमा मात्रै लगाउँछौँ।’

प्रतिक्रिया दिनुहोस